आफ्नै सरकारविरुद्ध अनशन बस्दै भारतीय कांग्रेस नेता सचिन

जनपत्र
२८ चैत्र २०७९, मंगलवार ०८:२९

भारतीय कांग्रेस नेता तथा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलट आफ्नै सरकारविरुद्ध अनशन बस्ने भएका छन् ।

जयपुरको शहीद स्मारकमा मंगलवार सचिनले अनशन बस्ने तयारी गरेका छन् । उनले मुख्यमन्त्री अशोक गहलोत नेतृत्वको सरकार र तत्कालीन भारतीय जनता पार्टी ९बीजेपी० सरकारकी मुख्यमन्त्री वसुन्धरा राजेले गरेका घोटालाविरुद्ध अनशन गर्दैछन् ।

सचिनले अनशनको तयारी गरिरहँदा सोमवार राति भारतीय कांग्रेस पार्टीले उनलाई कडा चेतावनी दिएको छ । अनशन बसेमा पार्टी विरोधी गतिविधि गरेको ठहरिने चेतावनी पार्टीले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अखिल भारतीय कांग्रेस कमिटी (एआईसीसी) का राज्य प्रभारी सुखजिंदर सिंह रंधावाले भने, ‘सरकारविरुद्ध हुने कुनै पनि विरोध स्पष्ट रूपले पार्टी विरोधी गतिविधि र पार्टी हितविरुद्ध हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*