राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

जनपत्र
२६ चैत्र २०७९, आईतवार १४:५६

राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।

राष्ट्रपति पौडेलले नेपाल प्रेस युनियनका पूर्वसभापति पोखरेललाई आइतबार आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपितले पौडेलले यसअघि नै आफ्नो राजनीतिक, अर्थ र प्रमुख सल्लाहकारहरु नियुक्त गरिसेकका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*