विज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न तयार छौं– उद्योग मन्त्री रिजाल

जनपत्र
२५ चैत्र २०७९, शनिबार १५:५७

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग व्यवसायको व्यावसायिक हितकालागि सरकार सधै तैयार रहेको बताएका छन् । बर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशातिर उन्मुख भएको भन्दै मन्त्री रिजालले विज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई सरकार संग सहकार्य गरी अगाडि बढन् आव्हान समेत गरे ।

राष्ट्रिय विज्ञापन संघ ‘नान’ को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् । विज्ञापन क्षेत्रलाई अन्य उद्योग जस्तै बिस्तार गर्दै लैजाने प्रस्तावमा आफु सधै सकारात्क रहेको भन्दै आफु र आफ्नो मन्त्रालय यो क्षेत्र बिस्तारकालागि सधै सम्पर्क र सम्वादमा रहने बताएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले खस्कदो विज्ञापन क्षेत्रलाई बढाउन विज्ञापन बोर्ड सधै सजग रहेको बताएका छन् । बोर्डले विज्ञापन सम्वन्धी एैन, नीति तथा योजनालाई थप व्यावस्थित गर्ने योजना अन्तिम चरणमा पुर्याएको र त्यो छिट्टै कार्यान्वयनमा आउने अध्यक्ष हुमागाईले जानकारी दिए । अन्तिम चरणमा रहेको बोर्डको यो योजना आए बिज्ञापन व्यावसाय मात्र नभई यो क्षेत्र नै व्यवस्थित र मर्यादित हुनेपनि हुमागाईले बताए ।

सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले विगतका बर्षदेखि नेपाली विज्ञापन एजेन्सीले सामुदायिक रेडियोलाई गर्दै आएको सहयोगको प्रसंसा गरे । खस्कदो विज्ञापन बजारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष गिरीले सरकारले पनि यो क्षेत्रलाई बढाउने किसिमका कार्यक्रम ल्याई संचार माध्यमलाई बाँच्ने आधार तयार गरिदिन सरकारसँग अनुरोध गरे ।

कार्यक्रममा विज्ञापन व्यावसायी नविन राज पौडेल, बानका उपाध्यक्ष राजकुमार थापा, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, चेम्बरअफकमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले साधारणसभाको सफलताको शुभकामना दिएका थिए । संघका महासचिव आशिष खड्काले उद्घोषण गरेको कार्यक्रमा अतिथिलाई द्वितिय उपाध्यक्ष अमृत कुमार पन्थीले स्वागत गरेका थिए, भने सचिव विमल खड्काले धन्यवाद ज्ञापन गरेका थिए ।

राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आज काठमाडौमा सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो । मल्ल होटलमा बसेको साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्धितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी संघको सदस्यहरुमा बसन्त योगी, रवी अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल आहुजी र सविन पोख्रेल छन् । निर्वाचित भए लगत्तै बसेको कार्य समितिको पहिलो बैठकले विज्ञापन क्षेत्रलाई समय सापेक्ष बनाउन विधान संशोधन गर्ने लगायतका तीनबुँदे निर्णयहरु पारित गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*