अन्तरिम प्रशिक्षकका रुपमा चेल्सी फर्किए लाम्पार्ड

जनपत्र
२४ चैत्र २०७९, शुक्रबार ०७:२५

चेल्सीले अन्तरिम प्रशिक्षकको रुपमा पूर्व प्रशिक्षक फ्रान्क लाम्पार्डलाई टिममा फिर्ता ल्याएको छ। प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले अब लाम्पार्डलाई कम्तिमा यो सिजनका बाँकी खेलका लागि टिमको जिम्मेवारी दिने छ।

चेल्सी फर्किएपछि लाम्पार्डले चेल्सीलाई जतिसक्दो राम्रो स्थानमा पुर्याउन प्रयास गर्ने बताए। उनले भने ‘हातमा आएको जिम्मेवारीमा केन्द्रीत भएर अघि बढ्ने छु।’

४४ वर्षीय लाम्पार्ड एभर्टनले गत जनवरीमा बर्खास्त गरेपछि जिम्मेवारी विहीन रहेका थिए। त्यसअघि उनी २०१९ को जुलाई देखी २०२१ को जनवरीसम्म चेल्सीको प्रशिक्षकका रुपमा रहेका थिए।

उनले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल म्याड्रिडसँग आगामि बुधबार प्रतिस्पर्धा गर्नुअघि प्रिमियर लिगमा आफ्नो पहिलो खेलमा वल्भेसको सामना शनिबार गर्ने छन्।

चेल्सी प्रिमियर लिगको ११ औ स्थानमा रहेको छ। चेल्सी शीर्ष चारमा रहेका टिम भन्दा १४ अङ्कले पछि रहेको छ। चेल्सीले यसै सिजन नयाँ खेलाडीको खरिदका लागि ५५० मिलियन पाउन्ड खर्च गरेको थियो।

चेल्सी आफ्नो पुरानो क्लब रहेको भन्दै फर्किनमा कुनै समस्या नभएको लाम्पार्डले बताए। लाम्पार्डले खेलाडीको रुपमा चेल्सीमा ६४८ खेलमा २११ गोल गरेका थिए। उनले क्लब आफ्नो मुटुमा रहेको बताए। यसअघि उनले चेल्सीलाई ८४ खेलमा प्रशिक्षण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*