सी चिनफिङको भ्रमणपछि नेपाल-चीन सम्बन्ध गतिशील : चिनियाँ परराष्ट्रमन्त्री छिन काङ

जनपत्र
२३ चैत्र २०७९, बिहीबार १६:१९

संयन्त्रको बैठकमा भाग लिन चीन आएका परराष्ट्र सचिव भरतराज पौड्याल, उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा सहितको टोलीसँग मन्त्री छिन् काङ्ले भेटेका हुन् । भेटका क्रममा उनले सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्धमा गतिशीलता आएको बताए । भ्रमणका बेला भएका सहमतिहरू कार्यान्वयनका लागि चिनियाँ पक्ष अग्रसर भइरहेकोतर्फ आश्वस्त तुल्याउँदै उनले भने, ‘राष्ट्रपति सीको नेपाल भ्रमणबाट आपसी सहयोगका आयामहरू विस्तृत हुनुका साथै तत्कालीन सहमतिमा टेकेर अघि बढ्ने पहल भइरहेको छ ।’

संयन्त्रको बैठक बेइजिङ समय अनुसार शुक्रबार बिहान १० बजे बस्ने कार्यक्रम छ । उपपरराष्ट्रमन्त्री सुन वेइतोङ सहितको सो बैठक सफल हुने अपेक्षा गरेको पनि उनले व्यक्त गरे । सो बैठकमा हालसम्म दुई मुलुकबीच भएका सम्झौता र समझदारीको प्रगति र कार्यान्वयनका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । उनले भने, ‘घनिष्ठ छिमेकी भएकाले नेपालको नयाँ सरकारसँग पनि उस्तै राम्रो सहकार्य हुने अपेक्षा गरेका छौं ।’

भेटमा परराष्ट्रसचिव पौड्यालले चीनले नेपालको विकासमा निकै महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै सी चिनफिङको तेश्रो कार्यकालमा पनि आपसी सहकार्य निरन्तर रहने बताए । उनले एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको जनाउँदै नेपाली भूमि प्रयोग गरेर चीनविरोधी गतिविधि हुन नदिने विषयमा नेपाल सतर्क रहेको जानकारी गराए ।

संयन्त्रको बैठकमा बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ लगायत सहभागी हुने कार्यक्रम छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*