बेन्जिमाको ह्याट्रिक, बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

जनपत्र
२३ चैत्र २०७९, बिहीबार ०७:४९

क्याटलान क्लब बार्सिलोनालाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको दोस्रो लेगमा ४–० तथा समग्रमा ४–१ को जित निकाल्दै रियलले फाइनलमा स्थान पक्का गरेको हो।

बुधबार रातिको खेलमा करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियलले बार्सिलोनामाथि ४–० को जित निकाल्यो। पहिलो लेगमा भने बार्सिलोना १–० ले विजयी भएको थियो।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। ५०औं करिम बेन्जिमाले गोल गर्दै रियललाई २-० को अग्रतामा पुर्‍याए।

खेलको ५८औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत् दोस्रो गोल गरे। यस्तै, खेलको ८०औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दा रियल ४-० ले विजयी भयो।

कोपा डेल रेको उपाधिका लागि अब रियलले ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल मे ६ मा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*