आईपीएलमा गुजरातको लगातार जित

जनपत्र
२२ चैत्र २०७९, बुधबार ०८:१२

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । गुजरातको लगातार दोस्रो जित हो ।

 

पहिले ब्याटिङ गरेको दिल्लीले १६२र८ रन बनाएको थियो, जवाफमा गुजरातले १८।१ ओभरमा १६३र४ रन बनायो ।

टस हारेर ब्याटिङ गरेको दिल्ली क्यापिटल्सलाई २९ रनको स्कोरमा पहिलो झटका लागेको थियो । पृथ्वी शा ७ रन बनाएर मोहम्मद शमीको शिकार बनेका थिए । शमीले मिचेल मार्सलाई पनि आउट गरेका थिए । मार्स ४ रनमा पभेलियन फर्किए ।
कप्तान डेभिड वार्नरले ३२ बलमा ३७ रनको पारी खेले । रिले रुसोले खाता पनि खोल्न सकेनन् ।

अभिषेक पोरेलले ११ बलमा २० रन बनाए । सर्फराज खानले ३० रन बनाए । एक छेउबाट अक्षर पटेलले अन्तिम ओभरमा तीब्र गतिमा रन बनाए । उनले २२ बलमा ३६ रनको इनिङ खेले। यसरी दिल्लीले चुनौतीपूर्ण स्कोर बनाउन भने सफल भएको थियो । गुजरात टाइटन्सका लागि मोहम्मद सामी र राशिद खानले ३–३ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सको सुरुवात खास रहेन । टोलीलाई २२ रनको स्कोरमा पहिलो झटका लागेको थियो । ऋद्धिमान तेस्रो ओभरमा १४ रन बनाएर एनरिक नोर्टजेबाट आउट भएका थिए । शुभमन गिललाई पनि नोर्टजेले १४ रनको व्यक्तिगत स्कोरमा पभेलियन पठाएर गुजरातमाथि दबाब बढाएका थिए ।

कप्तान हार्दिक पाण्ड्या मात्र ५ रन बनाएर आउट भएपछि टिम पुरै दबाबमा आएको थियो । तर साई सुदर्शन र विजय शंकरबीच बलियो साझेदारी बन्यो र दुवैले चौथो विकेटका लागि ५३ रन जोडेर स्कोर १०७ मा पु¥याए । शंकरले २३ बलमा २९ रनको इनिङ खेले । सुदर्शनले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गर्दै अविजित ६२ रन बनाएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । डेभिड मिलरले पनि १६ बलमा नटआउट ३१ रनको उत्कृष्ट पारि खेले । एनरिच नोर्ट्जेले २ विकेट लिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*