आरआर कलेजमा स्ववियु चुनाव चैत २६ मा हुने
आरआर कलेजमा विद्यार्थीबीच मतदाता नामावलीमा मतभिन्नता भई स्थगित भएको स्ववियु चुनाव यही चैत्र २६ मा हुने भएको छ । विद्यार्थीले कलेज प्रशासन, निर्वाचन समिति र लेखामा लगाएको ताला खोलेका छन् भने चुनाव गराउन संगठनहरू राजी भएका छन् ।
कलेज प्रशासनले आजदेखि कलेज प्रवेश गर्न अनिवार्य परिचयपत्र चाहिने सूचित गरेको छ भने कलेजमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले कलेजको चुनावका लागि पूर्ण सुरक्षा व्यवस्था गरिने आश्वासन कलेज प्रशासनलाई दिएका छन् ।
यसअघि पाटन उच्च अदालतले स्ववियु चुनाव गराउन कलेज प्रशासनका नाममा परमादेश दिइसकेको छ ।






