मकवानपुरमा ढुङ्गा, गिट्टी वालुवाबाट उपभोक्ता ठगीदै

बर्षायामको तीन महिना खोला पस्न पाईदैन यही मौकामा क्रसर उद्योगद्वारा उपभोक्ता ठगी ।
जनपत्र
१७ श्रावण २०७६, शुक्रबार ०७:१७

हेटौंडा । मकवानपुरमा साउन १ गतेदेखि ढुङ्गा, गिट्टी वालुवा उत्खनन् संगै क्रसर उद्योगबाट उत्पादन समेत गर्न रोक लगाइएपछी यसको चोरी निकासी निकै बढेको छ । मकवापनुरको हेटौंडा, गढी गाउँपालिका, महनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायतका क्षेत्रमा ढुङ्गा, गिट्टी वालुवाको चोरी बढेको हो । असार, साउन र भदौ महिनामा खोलामा ढुङ्गा, गिट्टी वालुवा झिक्न पाइदैन तर, रातको समयमा वा प्रहरीको आँखा छलेर स्थानीय जनप्रतिनिधिहरुको संरक्षणमा चोरी निकासी बढेको हो ।

जिल्ला समन्वय समन्वय समिति मकवानपुरले क्रसर उद्योग र खोलामा पस्नका लागि पूर्ण रुपमा रोक लगाएसंगै बिकास निर्माणका काम संगै घर निर्माण गर्नेहरुलाई भने निकै समस्या भएको छ । घर निर्माण गर्नका लागि ढुङ्गा, गिट्टी वालुवा नपाउने भने होइन तर, पहिलेको भन्दा दोव्वर मुल्य तिर्नुपरेको उपभोक्ताहरुको गुनासो छ ।

उपभोक्ता मारमा परिरहँदा यसको अहिले भने सुनुवाई भएको छैन । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले भने ढुङ्गा, गिट्टी वालुवाको चोरी हुन नदिनका लागि प्रहरी परिचालन गरिएको बताउनुभयो । कतै चोरी भएको पाइएमा नियन्त्रणमा लिएर कार्बाही गरिने उहाँले बताउनुभयो ।

मकवापनुरका अधिकांस क्रसर उद्योगमा बितेको आर्थिक वर्षमा उत्खनन् गरिएको ढुङ्गा, गिट्टी वालुवा आफ्ना प्राङगनमा राखिएको छ । तर, बढी मुल्य पाएमा मात्र बेच्ने गरेकाले उपभोक्ताहरु मरमा परेका छन् । असार महिना सम्ममा ढुङ्गा, गिट्टी वालुवाको प्रतिटिप एउटा टिफरमा १६ हजार रुपैयाँ पर्ने गरेको भएपनि अहिले भने क्रसर उद्योगले ३२ हजार रुपैयाँ प्रतिटिपमा बिक्री गरिरहेको उपभोक्ताहरु बताउँछन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी सहित ससस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा निकाय पनि जिल्ला अनुगमन समितिमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*