लेस्टर रेलिगेशन जोनमा झरेपछि प्रशिक्षक बर्खास्त

जनपत्र
२० चैत्र २०७९, सोमबार ०६:४८

इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको छ। पछिल्ला ६ प्रिमियर लिग खेल मध्ये ५ खेलमा पराजित हुँदै रेलिगेशन जोनमा झरेपछि लेस्टरले प्रशिक्षक रोजर्सलाई बर्खास्त गरेको हो। पछिल्लो पटक लेस्टरले फेब्रुअरी ११ मा टोटेनह्यामलाई पराजित गरेयता जित निकाल्न सकेको छैन्।

शनिबार भएको खेलमा क्रिश्टल प्यालेसँग २-१ ले पराजित भएपछि लेस्टर पुछारबाट दोस्रो स्थानमा पुगेको छ। रोजर्सलाई २०१९ को फेब्रुअरी मा क्लबमा अनुबन्धन गरिएको थियो। क्लबका अध्यक्ष आयवाट श्रीभदधनाप्रभाले क्लबले गरेको अपेक्षा भन्दा कमजोर प्रदर्शन गरेका कारण यस्तो निर्णयमा पुग्नु परेको बताए। १० खेल बाँकी हुँदा क्लबलाई रेलिगेशन संकटबाट पार लगाउनु पर्ने चुनौती लेस्टरसँग रहने छ।

लेस्टर सिटीले २८ खेलको समाप्तीमा २५ अङ्क जोडेको छ। लेस्टर भन्दा पछि साउथहेम्टन २३ अङ्क जोडेर पुछारमा रहेको छ। प्रिमियर लिगमा ४ अङ्कका बिचमा ७ क्लब रहेका छन्। जसका कारण प्रिमियर लिगको उपाधि होडसँगै रेलिगेशन होड समेत रोचक अवस्थामा रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*