राष्ट्रपतिद्वारा सल्लाहकार नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उहाँहरूलाई बुधबार सल्लाहकार नियुक्त गर्नुभएको हो । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुनुहुन्छ भने कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुनुहुन्छ ।
राष्ट्रपतिका प्रमुख आर्थिक सल्लाहकार नेपालले बुधबार नियुक्ति पाएको बताउनुभयो । यसैगरी कानुनी सल्लाहकार कुँवरले राष्ट्रपति कार्यालय गएर नियुक्तिपत्र बुझेको बताउनुभयो ।