त्रि-नेसन कपको उपाधि भारतलाई, सुनिल क्षेत्रीको कीर्तिमानी गोल

जनपत्र
१५ चैत्र २०७९, बुधबार ०६:५२

कीर्गिस्थानलाई हराउँदै भारतले त्रि(नेसन कपको उपाधि जितेको छ।

घरेलु मैदानमा म्यानमार र कीर्गिस्तानमाथि जित निकाल्दै भारतले उपाधि रक्षा गरेको छ।

खुमन लाम्पक मेन स्टेडियम इम्पल भारतमा गएराति किर्गिस्तानलाई हराउँदै भारतले तीन देश सम्मिलित प्रतियोगिताको उपाधि जितेको हो। कप्तान सुनिल क्षेत्रीको कीर्तिमानी गोलमा भारतले घरेलु मैदानमा किर्गिस्तानमाथि २–० को जित निकालेको हो।

भारतको जितमा सन्देश झिनगन र कप्तान सुनिल क्षेत्रीले एक(एक गोल गरे। मंगलबार राति भएको खेलको ३६ औं मिनेटमा सन्देशले गोल गर्दै भारतलाई सुरूआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० गोल अन्तरले अघि रहेको भारतले दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित हात पार्‍यो। खेलको ८४ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले पेनाल्टीका गोल गर्दै भारतको जित पक्का गरेका थिए। त्यसअघि पहिलो खेलमा भारतले म्यानमारमाथि १-० गोल अन्तरको जित निकालेको थियो।

सुनिलको कीर्तिमान किर्गिस्तानविरूद्ध गोल गरेसँगै सुनिल क्षेत्री पुरूषतर्फ फुटबलमा सर्वाधिक बढी गोल गर्ने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन्। सन् २००५ मा पाकिस्तानविरूद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका उनले हंगेरीका फेरेन्स पुस्कासलाई पछि पार्दै १३३ खेलबाट ८५ औं अन्तर्राष्ट्रिय गोल गरे। पुरूषतर्फ सर्वाधिक गोलकर्ताको सूचीको शीर्षस्थानमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो छन्।

उनले १९८ खेलमा १२२ गोल गरिसकेका छन्। दोस्रो स्थानमा रहेका इरानका अली दाईले १४८ खेलबाट १०९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । तेस्रो स्थानमा अर्जेन्टिनाका लियोनेल मेसी छन्। उनले १७३ खेलबाट ९९ गोल गरेका छन्। चौथो स्थानमा मलेसियाका मोख्तर दाहरि छन्। उनले १८२ खेलबाट ८९ गोल गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*