राजमार्ग बिस्तारको ३ नम्बर पुलमा, हेटौंडामा अन्यौल

जनपत्र
१६ श्रावण २०७६, बिहीबार १४:३३

हेटौंडा । मकवानपुर १६ साउन । राजमार्ग बिस्तारको काम फेरी सुरु भएको छ । बाराको अमलेखगन्ज क्षेत्रमा सडक बिस्तारको काम सुरु भएपनि हेटौंडा बजार क्षेत्रमा सडक बिस्तार गर्ने काम भने अन्यौलमा परेको छ । हेटौंडाको मेनरोड, रापतीरोड, चौकिटोल, एचआइडी लगायतका क्षेत्रका घरधनीहरुले सर्बोच्च अदालत र उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्धा हालेपछी सडक बिस्तारमा अन्यौलता सृजना भएको हो ।

आज सडकको दाँयार बाँया २५–२५ मिटर विस्तार गर्न सडक डिभिजनको डोजर ३ नम्बर पुल पुगेको छ । सडकनै हडप्नेगरी निर्माण भएका संरचना हटाउनका लागि सूचना जारी भएपछी मनहरीको लोथर र बाराको सिमानाबाट सडक सिमामा बनेका अस्थायी संरचना हटाउन थालिएको हो ।

यता हेटौंडा बजार क्षेत्रमा भने संरचना हटाउन थालेपछी घरधनी अदालत गएपपछी केही समस्या भएको सडक डिभीजन कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो । सडक सिमाको बिषयमा घरधनीले मुद्धा हालेपपछी आजका लागि दुबै पक्षलाई सर्बोच्च अदालतले बोलाएपनि फेरी आजबाट म्याद सारीएको अधिकारीले बताउनुभयो । घरधनी र सडक कार्यालयलाई फेरी बोलाएर सबोच्चले छलफल गर्ने भएको हो । केही दिन अघिदेखि अम्लेखगंजबाट विस्तारको काम सुरु गरिएको भएपनि बर्षाले काम रोकिएको थियो । आज ३ नम्बर पुलका नजिकैका होटल, घर तथा संरचना हटाउने काम भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*