लिजेन्ड्स लिग क्रिकेट : इन्डिया महाराजलाई ८५ रनले हराउँदै नेपालका पारस खड्का आबद्ध टोली फाइनलमा

जनपत्र
५ चैत्र २०७९, आईतवार ०७:५०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्स लिजेन्ड्स लिग क्रिकेटको फाइनलमा पुगेको छ ।

गएराति भएको एलिमिनेटर खेलमा इन्डिया महाराजलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै लायन्स फाइनलमा पुगेको हो । लायन्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको महाराज १६ ओभर ४ बलमा १ सय ६ रनमा समेटियो । उसका कप्तान गौतम गम्भीरले सर्वाधिक ३२ रन बनाए ।

सुरेश रैना १८ तथा रोबिन उथप्पा १५ रनमा आउट भए । दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको एसिया लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । लायन्सका उपुल थरङ्गाले सर्वाधिक ५० रन बनाए । त्यस्तै मोहम्मद हफिजले ३८ रन जोडे ।

अस्गर अफगान ३४ रनमा अविजित रहे । नेपालका पारस खड्काले हिजोको खेलमा ब्याटिङ गर्नु परेन । यसअघि वर्ल्ड जायन्ट्स फाइनलमा पुगिसकेको छ । उपाधिका लागि भोलि वर्ल्ड जायन्ट्स र एसिया लायन्सबीच खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*