राष्ट्रपति पौडेलको ‘चिया पार्टी’मा संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो

जनपत्र
४ चैत्र २०७९, शनिबार ०८:००

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सदस्यहरूलाई शीतलनिवास डाकेका छन् । राष्ट्रपति निर्वाचित भएको खुसीयालीमा ‘चिया पार्टी’ दिन उनले संघ र प्रदेशका सबै सांसदहरूलाई बोलाएका हुन् ।

चियापान तथा धन्यवाद ज्ञापनका लागि पौडेलले सांसदहरूलाई निम्ता गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न यतिबेला सबै प्रदेशका सांसदहरू काठमाडौंमै छन् । यही मौका पारेर पौडेलले शीतल निवासमा चियापान कार्यक्रम राखेका हुन् । सांसदहरूलाई बिहान ९ बजे आइपुग्न आग्रह गरिएको छ ।

एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपति बनेका पौडेलले गत सोमबार शपथ लिएका थिए । राष्ट्रपति चुनावमा ३ सय ३१ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी कुल ८ सय ३१ जना सहभागी भएका थिए । यसमा पौडेलले ३३ हजार ८ सय २ मत पाए भने नेम्वाङले १५ हजार ५ सय १८ मत हासिल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*