रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन

जनपत्र
४ चैत्र २०७९, शनिबार ०७:५८

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई निर्वाचन आायोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रवार भएको उपराष्ट्रपति पदको चुनावमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झालाई पराजित गरी विजयी हुनुभएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो । उहाँलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रमाणपत्र प्रदान एवम् नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरू र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो ।

यादव चुनावमा ३० हजार तीन सय २८ मतभारसहित विजयी हुनुभएको हो । उहाँले सङ्घीय सांसद एक सय ८४ र प्रदेश सभाका तीन सय २९ जनाको मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*