फुटबलको रकम क्रिकेट खेलाडी कोषलाई

एमडीएसी स्पोर्ट्सले विश्वकप क्रिकेटको छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय टिमको सम्मानमा शनिबार एक खेलको टिकट बिक्रीबाट संकलन हुने रकम खेलाडी कल्याणकारी कोषलाई दिने भएको छ ।
एमडीएसीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्कृष्ट खेलकौशल प्रदर्शन गरेर अविश्वसनीय नतिजालाई साकार पार्दै विश्वकप छनोटमा प्रवेश गरेको अवसरमा चैत्र ४ गते बेलुकी ५स्३० बजे दशरथ रंगशालामा हुने एपीएफ र मनाङ मर्स्याङदीबीचको खेलमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरिने छ ।
उक्त खेलको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम क्यानको खेलाडी कल्याणकारी कोषमा हस्तान्तरण गरिनेछ ।’ टिकटदर १ सय र ३ सय रुपैयाँ तोकिएको छ ।