युरोपा लिगको क्वाटरफाइनलमा युनाइटेडले सेभियासँग खेल्ने

जनपत्र
४ चैत्र २०७९, शनिबार ०७:३६

यूईएफएले युरोपा लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक गरेको छ । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले कीर्तिमानी विजेता टोली स्पेनिस क्लब सेभियालाई प्रतिद्वन्द्वी पाएको हो ।

युरोपा लिगमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । यता सेभिया युरोपा लिगको सर्वाधिक ६ पटकको विजेता टोली हो ।

त्यस्तै इटालियन क्लब युभेन्टसले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग खेल्नेछ । उता जर्मन क्लब बायर लिभरकुसेनले युनियन सेन्ट गिलोइसलाई आफ्नो प्रतिद्वन्द्वी पाउँदा फेयेनुर्डले रोमासँग खेल्नेछ । युरोपा लिगको पहिलो लेग अप्रिल १४ मा हुनेछ । त्यस्तै दोस्रो लेग अप्रिल २१ म सुरु हुनेछ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*