रास्वपाले उपराष्ट्रपतिमा कसलाई देला मत? बोलायो बैठक

जनपत्र
२ चैत्र २०७९, बिहीबार १३:५०

३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि हालसम्म निर्णय लिइनसकेको प्रतिनिधिसभामा चौथो ठूल दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ।

रास्वपाले हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भने भएको छैन। यसअघि निर्वाचनको अघिल्लो दिन राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत हाल्ने निर्णय गरेको रास्वपाले उपराष्ट्रपतिमा मत हाल्ने निर्णय लिन बैठक बोलाएको हो।

रास्वपाले शुक्रबार बिहान साढे ११ बजे वसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलवाएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे निर्णय लिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*