हेटौंडा अस्पतालमा एटीएम सेवा सुरु

हेटौंडा । हेटौंडा अस्पतालमा आजबाट औपचारिक रुपमा एटीएम सेवा पनि सुरु भएको छ । अस्पतालमा आएका बिरामीका आफन्तलाई २४ सै घण्टा एटीएम सेवा दिने उदेस्यले आजबाट काम सुरु गरिएको हो । हेटौंडाको बजार क्षेत्रका निजी तथा सरकारी बैकमा रातीको समयमा एटीएम सेवा बन्द गरिदै आएको छ ।
बिरामी उपचार गर्न ल्याउँदा पैसा नभएर भौतारिनुपर्ने समस्या भोग्दे आएका मकवानपुरका नागरिकले आजबाट यो सेवा पनि अस्पतालकै भवनबाट पाएका हुन् । कृषि विकास बैक लिटिटेडले अस्पतालमा आजबाट एटिएम सेवा सुरु गरेको हो । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैकका अध्यक्ष क्षेत्रबहादुर सैजुवाल, अस्पतालका अध्यक्ष प्रकाश पौडेल, प्रमुख डाक्टर प्रबिण कुमार श्रेष्ठ लगायतकाले उद्घाटन् कार्यक्रममा मन्तब्य ब्यक्त गर्नुभयो ।