शीतल निवासमा चालिसे र अधिकारी नियुक्त

जनपत्र
१ चैत्र २०७९, बुधबार ०६:३९

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा। सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार चालिसे र अधिकारीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

चालिसेसँग तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकारका रूपमा काम गरिसकेको अनुभव छ भने उनले अमेरिका र बेलायतमा नेपाली राजदूतका रूपमासमेत काम गरिसकेका छन् ।

अधिकारी भने यसअघि पनि पौडेलका सहयोगीका रूपमा कार्यरत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*