स्ववियु निर्वाचनमा आज उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन

जनपत्र
२९ फाल्गुन २०७९, सोमबार ०६:५२

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज सोमवार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ ।

कार्यतालिकाअनुसार शनिवार उम्मेदवारी दर्ता गरिएको थियो भने आइतवार दाबीविरोध भएको थियो ।

आज सोमवार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।

प्रत्येक २र२ वर्षमा हुने स्ववियु निर्वाचन विक्रम संवत् २०६५ सालयता नियमित हुन सकेको छैन । विक्रम संवत् २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक ८ वर्षमा विक्रम संवत् २०७३ चैत १५ गते भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*