उपराष्ट्रपति निर्वाचन: उम्मेदवार रामसहाय प्रसाद यादवले आफ्नाे सफाइ पेश गरे
जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले आफ्नो सफाइ पेश गरेका छन्।
आइतबार बिहान उपराष्ट्रपति निर्वाचनका उम्मेदवार यादवले निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वर पुगेर सफाइ पेश गरेका हुन्।
यादवले सफाइमा आफ्नो उम्मेदवारी संविधान र कानुनसम्मत भएको जनाएका छन्।
उपराष्ट्रपतिको उम्मेदवारीविरुद्ध परेको दाबी विरोधरउजुरी उपर निर्वाचन आयोग अधिकृतको कार्यालयले निर्णय गर्दैछ। कार्यालयले ११ बजे निर्णय दिने जनाएको छ।
रामसहाय प्रसाद यादवविरुद्ध निर्वाचन आयोगमा उजूरी परेको थियो।
नेकपा एमालेबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यका तर्फबाट एमाले नेता महेश बर्तौलाले शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजूरी दर्ता गरेका थिए। उजूरीमा यादव उपराष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य रहेको उल्लेख छ।