हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ कमिटी

जनपत्र
२७ फाल्गुन २०७९, शनिबार १९:१५

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  हेटौंडा उपमहानगरपालिका समितिको सभापतिमा ध्रुव बहादुर बिष्ट चयन हुनुभएको छ। शनिबार भएको नगर भेलाले बिष्टको सभापतित्वमा सर्वसम्मत नगर समिति चयन गरेको हो।

राजस्वको नगर उपसभापतिमा सपना कँडेल, सचिवमा प्रेम प्रसाद लामिछाने र कोषाध्यक्षमा सम्झना पुडासैनी निर्वाचित हुनु भएको छ। यस्तै सदस्यहमा सन्तोषी बर्तौला, राम प्रसाद न्यौपाने, हरि बहादुर कुँवर,मन्जु धमला, विष्णु सुनार, राम बिक्रम थापा, बिनोद पौडेल चयन हुनुभएको छ । यस्तै नगर समितिको सल्लाहकारमा दामोदर दाहाल,बिष्णु लाल महर्जन, उद्धब पराजुली, महेन्द्र श्रेष्ठ चयन हुनुभएको भएका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*