एमाले सचिवालय बैठक बस्दै : उपराष्ट्रपति उम्मेदवार तय गर्ने

जनपत्र
२७ फाल्गुन २०७९, शनिबार ०७:२४

नेकपा ९एमाले०ले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ।

निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजेदेखि सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो।

सत्ता गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएपछि एमालेले उम्मेदवार चयनका लागि समेत ढिलाइ गरेको हो। यसअघि राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*