बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा इङ्ल्यान्ड ६ विकेटले पराजित

टी–२० विश्व कप विजेता इङ्ल्यान्ड बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बङ्लादेशले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ।
जितको लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्लादेशले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । बङ्लादेशका नाज्मुल हसन सान्टोले सर्वाधिक ५१ रन बनाए । इङ्ल्यान्डका जोफ्रा आर्चर, आदिल राशिद, मार्क वुड र मोइन अलीले एकरएक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।
उसका जस बटलरले सर्वाधिक ६७ रन जोडे । बङ्लादेशका हसन मोहम्मदले दुई तथा नसुम अहमद, तस्किन अहमद, मुस्ताफिजुर रहमान र सकिब अल हसनले एकरएक विकेट लिए । यी दुई देशबीचको दोस्रो टी–२० आइतवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।