आयोगले आज राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाउँदै

जनपत्र
२६ फाल्गुन २०७९, शुक्रबार ०७:२७

निर्वाचन आयोगले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनको परिणाम प्रतिवेदन पेस गर्दैछ।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेसगर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

आयोगको माघ १६ गतेको निर्णय अनुसार बिहीबार ९फागुन २५ गते० राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमार्फत मुलुकको चौँथो पटक राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका पौडेल आठ दलीय सत्ता गठबन्धनसहित ९ दलको समर्थनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका छन्।

निर्वाचनमा ३ सय १३ संघीय र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको आयोगले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*