नारी जागरण आजको आवश्यकता : सभापति देउवा

जनपत्र
२४ फाल्गुन २०७९, बुधबार ०६:४८

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै उनले सो भनाइ राखेका हुन् । दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका महिला दिदी बहिनीहरुमा उनले शुभकामना प्रकट गरेका छन् ।

“नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो” उनले शुभकामना सन्देशमा भनेका छन् ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको चर्चा गर्दै सभापति देउवाले भनेका छन्, “हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो ।” नेपाली कांग्रेसले सबैखाले हिंसाको अन्त्य चाहेको उनले बताएका छन् ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरुले आफ्नो प्राणको आहुती गर्नुभएको चर्चा गर्दै सभापति देउवाले भनेका छन्, “म उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदीबहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने विश्वास छ ।”

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*