जनयुद्धलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन सक्ने चेतावनी

जनपत्र
२२ फाल्गुन २०७९, सोमबार ०७:३८

तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रिया निष्कर्षमा पुगेका छैन। सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पु(याउने काम भइरहेको छ।

तर जनआन्दोलनमा मारिएका मानिसलाई लिएर प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएपछि विभाजित माओवादीहरूको एउटै स्वर देखिएको छ।

जनयुद्धका शहीद तथा बेपत्ता सन्तती फाउन्डेसनद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा माओवादीबाट विभाजित छवटा पार्टीका नेताहरूले माओवादी आन्दोलनलाई अपराधीकरण गर्र्न खोजिए इतिहास दोहोरिनेसम्मको चेतावनी दिनुभयो। साथै तत्कालीन माओवादी शक्तिहरू अब एक भएर अघि डढ्नुपर्नेमा नेताहरूले जोड दिनुभयो।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीद र बेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने उल्लेख गर्नुभयो। उहाँले माओवादी शक्तिहरू एक भएमा विजयको यात्रा फेरि तय गर्न सकिने भन्दै विभाजित माओवादीहरू एक हुने समय आएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, “माओवादी धार एकजुट भएमा एउटा शक्ति हुन्छ। प्रतिक्रियावादी तत्वहरू कमजोर हुन्छन्। माओवादीले विजयको यात्रा पुनः सुरु गर्न सक्छ भन्ने मेरो विश्वास विल्कुल घटेको छैन।” माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न भँगालाका रूपमा विभाजित भएको तर समयको गतिमा बग्दै जाँदा सबै भँगालाहरू मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको समेत उहाँले चर्चा गर्नुभयो।

प्रधानमन्त्री भएका बेला धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउने पक्षमा आफू रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। उहाँले भन्नुभयो, “यो पटक गरेर देखाउने विचार छ। मैले गरिराखेको छु भन्ने बुझ्नुहोला। जनयुद्धका शहीद र बेपत्ताको सपना साकार पार्न लडिरहेको छु। मैले गरिराखेको छु, गर्छु।”

प्रधानमन्त्री प्रचण्डले काठमाडौँको जगडोलमा सम्पूर्ण शहीदहरूको नाम उल्लेख गरेको पार्कको उद्घाटन गरिसकेको र फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने औपचारिक र वैधानिक घोषणा भएको पनि उहाँले बताउनुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले माओवादी क्रान्ति मूलभूत रूपमा सफल भएको र शान्ति प्रक्रियामा आउनु ठीक निर्णय भएको बताउनुभयो। तत्कालीन अवस्थामा शान्ति प्रक्रियामा नआएको भए मुलुकले अरू ठूलो क्षति बेहोर्नुपर्ने अवस्था रहेको उहाँको बताउनुभयो। विभाजित भएका माओवादीहरू अब एक भएर नयाँ क्रान्ति गर्न सम्भव रहेको चर्चा गर्दै डा. उहाँले भन्नुभयो, “माओवादी आत्मसमीक्षा गरेर एक ठाउँमा आउनुपर्छ, माक्र्सवादका आधारभूत कुरालाई टेकेर अगाडि बढ्ने हो, माओवादकै पछि लाग्नुपर्छ भन्ने छैन।”

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “अहिले माओवादीलाई, बेपत्तालाई अपराधी बनाउन खोजिँदैछ, यो असम्भव छ । माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ।”

नेकपा ९बहुमत०का संयोजक धर्मेन्द्र बास्तोलाले अधुरा रहेका क्रान्ति सम्पन्न गर्न सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्ने चर्चा गर्दै भन्नुभयो, “हामी सबै माओवादी एक ठाउँमा हुन जरुरी छ। शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो।” कार्यक्रमा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी क्रान्तिकारीका नेता दिनेश शर्मा, बेपत्ता तथा शहीद परिवार आन्दोलनका अगुवा एवं अधिवक्ता एकराज भण्डारीलगायतले बोल्नुभएको थियो। गोरखपत्र अनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*