ला लिगामा बार्सिलोनाको जीत

जनपत्र
२२ फाल्गुन २०७९, सोमबार ०७:२२

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले १–० गोल अन्तरको जित निकालेको छ ।

गयराति भएको खेलबा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १५ औं मिनेटबा बार्सिलोनाले अग्रता लिएको थियो । राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए ।

सोही अग्रता अन्तिमसम्म रहँदा राफिन्हाले गरेको गोल नै बार्सिलोनालाई स्पष्ट ३ अंक दिलाउन निर्णायक सावित भयो ।

५५ औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले प्रहार गरेको पेनाल्टी मिस भएको थियो ।

५९ औं मिनेटमा रोनाल्ड अरुजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

जितपछि बार्सिलोना ६२ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने भ्यालेन्सिया पुछारबाट दोस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*