कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो

जनपत्र
१९ फाल्गुन २०७९, शुक्रबार ०७:३२

लगातार दुई खेलमा पराजयपछि पुनरागमन गर्दै बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ ।

खेलको पहिलो हाफमा एडर मिलिटाओले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक बन्यो । स्यान्टियागो बर्नेबेउमा घरेलु टोलीले खेलमा नियन्त्रण बनाउँदै गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । ज्याभीको टोलीले रक्षात्मक खेल प्रदर्शन गर्दै रियलको आक्रमणलाई विफल बनाएको थियो । अब दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*