प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार ०७:२१

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।

त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले (संवैधानिक परिषद्काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९- लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*