एफएकपको क्वार्टरफाइनलमा सिटी

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार ०७:१२

म्यानचेस्टर सिटीले ब्रिस्टल सिटीलाई ३-० ले पराजित गर्दै मंगलबार एफएकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ । त्यसमा फिल फोडेनले दुई गोल गरे भने एक गोल केभिन डे ब्रुएनाको नाममा रह्यो ।

यस्तै च्याम्पियनसिप क्लब ब्ल्याकबर्नले प्रिमियर लिग प्रतिद्वन्द्वी लेस्टर सिटीलाई २–१ ले हराएर क्वार्टरफाइनलमा स्थान बनाएको छ । प्रिमियर लिगमा फर्कने प्रयासमा रहेको ब्लाकबर्नका लागि टेयरेस डोलान र सामी स्माडिक्सले गोल गरे ।

यस्तै क्वार्टरफाइनलमा प्रवेश पाउन फुलहमले लिड्सलाई २–० र ब्राइटनले स्टोक्सलाई १–० गोलअन्तरले पराजित गरे । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*