महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाको पोल्टामा

समग्रमा अष्ट्रेलियाले जित्यो आईसीसीको २१ औं ट्रफि
जनपत्र
१५ फाल्गुन २०७९, सोमबार ०७:१३

महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । गयाति भएको फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौं पटक उपाधि जितेको हो । यो अष्ट्रेलियाली महिला टोलीको लागि सातौं टी–२० विश्वकप फाइनल थियो र छैटौं पटक ट्रफी जित्यो। केप टाउनको न्युल्यान्ड्समा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

बेथ मुनीले ५३ बलमा ७४ रनको अविजित इनिङ खेलिन् । जवाफमा दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाउन सक्यो । एल वोल्भार्डले ४८ बलमा ६१ रन बनाए । १७ औं ओभरमा उनी आउट भएसँगै दक्षिण अफ्रिकाको आशा समाप्त भएको थियो ।

अस्ट्रेलियाली टोली यसअघि सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० मा च्याम्पियन बनेको थियो।

अस्ट्रेलियाली टोलीले महिला टी–२० विश्वकपमा दोस्रो पटक उपाधिको ह्याट्रिक गरेको छ । यसअघि टोलीले सन् २०१०, २०१२ र २०१४ मा लगातार तीन पटक उपाधि जितेको थियो । योसँगै अब २०१८, २०२० र २०२३ मा उपाधि जितेका छन् । पहिलो पटक, कुनै टोलीले पुरुष वा महिला क्रिकेट सहित आईसीसीको प्रतियोगितामा दोस्रो पटक उपाधि ह्याट्रिक गरेको छ। अष्ट्रेलियाकी एस्ले गार्डनर प्लेयर अफ द टुर्नामेन्ट भइन्, भने बेथ मुनी प्लेयर अफ द म्याच घोषित भइन् ।

महिला टी–२० विश्वकप सन् २००९ देखि खेल्दै आएको छ र त्यसयता आठ पटक प्रतियोगिता खेलिएको छ । जसमध्ये अस्ट्रेलिया एक्लैले ६ पटक उपाधि जितेको छ । सन् २००९ मा इङ्ल्यान्ड र २०१६ मा वेस्ट इन्डिजले उपाधि जितेको थियो । समग्रमा, अष्ट्रेलियाको महिला टोलीले जिते को यो १३ औं आईसीसी उपाधि हो। यसअघि अस्ट्रेलियाको महिला टोलीले सात पटक ९१९७८, १९८२, १९८८, १९९७, २००५, २०१३, २०२२० एकदिवसीय विश्वकप जितेको छ ।

अष्ट्रेलियाको पुरुष टोली सहित, महिला त्द्दण् विश्वकप उपाधि यो देशले जितेको २१ औं आईसीसी उपाधि हो। अस्ट्रेलियाको पुरुष क्रिकेट टोलीले पाँच पटक एकदिवसीय विश्वकप, एक पटक टी–२० विश्वकप र दुई पटक च्याम्पियन्स ट्रफी जितेको छ। अर्थात्, अष्ट्रेलियाको पुरुष क्रिकेट टोलीले जम्मा ८ उपाधि जितेको छ भने महिला टोलीले १३ उपाधि जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा यति धेरै उपाधि जित्ने एक मात्र देश अस्ट्रेलिया हो।
अस्ट्रेलियाले राम्रो सुरुवात गर्‍यो । एलिसा हिली र बेथ मुनीले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । हेलीले २० बलमा १८ रन बनाउन सके । यसमा तीन चौका समावेश छन्। त्यसपछि एश्ले गार्डनरले मुनीसँग दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

गार्डनरले २१ बलमा २९ रन बनाएपछि क्लो ट्रियोनको हातमा कैच आउट भइन् । आफ्नो इनिङ्समा उनले दुई चौका र दुई छक्का प्रहार गरिन् । ग्रेस ह्यारिस ९ बलमा १० रन र कप्तान मेग ल्यानिङले ११ बलमा १० रन बनाएर आउट भइन् । एलिस पेरी पाँच बलमा सात रन बनाएर प्याभिलियन फर्किइन् । यसैबीच बेथ मुनीले अर्धशतक प्रहार गरिन् । उनी दुई विश्वकप फाइनलमा अर्धशतक बनाउने विश्वकै पहिलो महिला खेलाडी बनेकी छिन् ।

अन्तिम ओभरमा शबनिम इस्माइलले चौथो बलमा एलिस पेरी र पाँचौं बलमा वेयरहमलाई आउट गरिन् । उनले ह्याट्रिकको मौका पाए पनि अन्तिम बलमा ताहिल म्याकग्राले एक रन बनाइन् । यसरी शबनिमले ह्याट्रिक गर्न चुकिन् । बेथ मुनीले ५३ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित ७४ रन बनाइन् । दक्षिण अफ्रिकाका मारिजाने क्याप र शबनिम इस्माइलले २–२ विकेट लिए । योसँगै मलाबा र ट्रियोनले एक–एक विकेट लिइन् ।

१५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीको सुरुवात खराब रह्यो । ताजमिन ब्रिट्स १७ बलमा १० रन बनाएर आउट भइन् । यसपछि मारिजाने क्यापले एल वोल्भार्डसँग इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । दुवैले २९ रनको साझेदारी खेले । तर, रन रेट बढाउने क्रममा क्यापले आफ्नो विकेट गुमाइन् । उनी ११ बलमा ११ रन बनाएर आउट भइन् । कप्तान सुने लुस रनआउट भइन । उनले दुई रन बनाउन सकेकी थिइन् ।

५४ रनमा तीन विकेट गुमाएको दक्षिण अफ्रिकी टोली समस्यामा परेको थियो । त्यसपछि वोल्भार्डले दक्षिण अफ्रिकाको आशा जिवितै राख्नका लागि क्लो ट्रियोनसँग मिलेर पारि अघि बढाएकि थिइन् । दुवैले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । तर, रन रेट बढाउने प्रयासमा वोल्भार्डले मेगन शुटलाई एलबीडब्ल्यू आउट गरिन् । उनले ४८ बलमा ६१ रन बनाइन् । त्यसपछि अफ्रिकी टोलीले लगातार विकेट गुमाउँदै गयो ।

एनेके बोस एक रन, ट्रियोन २३ बलमा २५ रन बनाएर आउट भए । अन्त्यमा नादिन डे क्लर्कले आठ रन बनाएर अविजित रहिन् भने सिनालो जाफ्टाले ९ रन बनाए । अष्ट्रेलियाका लागि शुट, एस्ले गार्डनर, डार्सी ब्राउन र जेस जोनासेनले एक एक विकेट लिएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*