राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेस र एमालेका बैठक बस्दै

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार ०८:२४

राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। त्यसअघि कांग्रेस र एमालेले आआफ्नो पार्टीको बैठक बोलाएका हुन्।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार तय गर्न बिहान साढे ८ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे निर्णय गर्ने जनाएको छ।

फागुन १२ गते साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो। आठ दलमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

त्यस्तै, एमालेले पनि राष्ट्रपति उम्मेदवार तय गर्न बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारबो निर्णय गर्नेछ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यसका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*