नेतृत्व बिकास सम्बन्धी सात दिने तालिम हेटौंडामा सुरु

जनपत्र
१२ श्रावण २०७६, आईतवार १९:३८

हेटौंडा । समृद्ध नेपालका लागि नयाँ पाईलाको आयोजनामा नेतृत्व बिकास सम्बन्धी सात दिने तालिम आजबाट हेटौंडामा सुरु भएको छ । तालिमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्टले तालिम लिनु मात्र ठुलो कुरा नभइकन यसलाई व्यावहारमा उतार्नुपर्ने बताउनुभयो । पत्रकारिता पेसामा लामो समय सम्म काम गरेपछी मात्र सफलता प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले पत्रकारिता क्षेत्रमा अहिले पनि जनसक्ति अभाव रहेको बताउनुभयो । लगनशिल भएमा पत्रकारिता क्षेत्रमा काम पाउन समस्या नभएको बताउनुभयो । समृद्ध नेपालका लागि नयाँ पाईलाका संरक्षक रिपेश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा न्युज २४ का मकवानपुर संबाददाता देवराज पन्त लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*