पाँचदलीय गठबन्धन ब्युँताउने कसरत

जनपत्र
१२ फाल्गुन २०७९, शुक्रबार ०८:२०

राष्ट्रपति निर्वाचनको संघारमा माओवादी, एकीकृत समाजवादी र जसपाले समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहँदा कांग्रेस र राष्ट्रिय जनमोर्चासहितको पाँचदलीय गठबन्धन ब्युँताउने कसरत पनि चलिरहेको छ । राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपाले लिने र सरकारको नेतृत्व आलोपालो गर्ने गरी पुरानो गठबन्धन ब्युँताउने प्रयासमा नेताहरू लागेका हुन् ।

कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् । राष्ट्रपतिमा नेता नेपालको आकांक्षाका विषयमा माओवादी र जसपाले समेत शुक्रबार कांग्रेससँग वार्ता गर्दै छन् ।

उपराष्ट्रपति भने जसपालाई दिने मोटामोटी समझदारी रहेको नेताहरूले जनाएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपाल राष्ट्रपतिको दाबीबाट पछि हटिसकेका छैनन् । उनले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र बिहीबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै समर्थनको आग्रह गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनअघिसम्म रहेको कांग्रेस नेतृत्वको गठबन्धनलाई ब्युँताउन दलहरूले प्रयास गरिरहेका हुन् । उम्मेदवारी भागबन्डामा असन्तुष्ट बनेपछि जसपाले तत्कालीन पाँचदलीय गठबन्धन छाडेको थियो । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी उक्त गठबन्धनमा मिसिएको थियो ।

माओवादी भने गत पुस १० मा गठबन्धन छाडेर एमालेलगायत सात दलको समर्थन जुटाउँदै सरकारको नेतृत्वमा पुगेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा अडान नछाडेपछि माओवादी अध्यक्ष दाहालले नयाँ सत्ता समीकरण बनाएका थिए । राष्ट्रपति निर्वाचनका कारण नयाँ सत्ता समीकरण पनि भत्किने अवस्थामा पुगेको छ ।

कांग्रेस सभापति देउवालाई बुधबार भेटेका जसपा अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री दाहालसँग बिहीबार छुट्टै वार्ता गरेका थिए । वार्तामा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । जसपाले उपराष्ट्रपति पदमा दाबी गर्दै आएको छ ।

‘सरकारलाई गतिशील बनाउने कुरा अन्यत्र पनि जोडिएका छन्, अहिलेको सरकार त एमाले, माओवादीलगायत पार्टीहरूको सहकार्यमा बनेको हो,’ दाहालसँगको भेटपछि यादवले भने, ‘त्यसको विषय के हो त ? अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्‍यो । कि यता कि उता । त्यसका विषयमा पनि आउने दिनमा छलफल हुनेछ । प्रचण्डजीहरू जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक हुनुहुन्छ ।’

बिहीबार साँझै प्रधानमन्त्री दाहालसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । उक्त भेटमा माओवादी, एकीकृत समाजवादी र जसपाका अन्य केही नेता पनि सहभागी थिए । भेटमा सहभागी एक नेताका अनुसार राष्ट्रपति पदमा नेपाललाई नै प्रस्ताव गर्ने समझदारी बनेको छ ।

‘उपराष्ट्रपति जसपालाई दिने, सरकारको नेतृत्व माओवादी, कांग्रेस र एकीकृत समाजवादीले गर्ने, त्यसका लागि दुई–दुई र एक वर्ष हुन पनि सक्छ, तीन र एक–एक वर्ष हुन पनि सक्छ,’ ती नेताले भने । प्रधानमन्त्री दाहालले शुक्रबार एमाले अध्यक्ष ओलीसँग पनि भेट्ने तय भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच बिहीबारै बानेश्वरस्थित एक होटलमा भेटवार्ता भएको थियो । भेटमा पोखरेलले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पाँच दलबीच सहमति भएपछि राष्ट्रपति उम्मेदवार टुंगो लगाउने बताए । राष्ट्रपति निर्वाचनको संघारमा माओवादी, एकीकृत समाजवादी र जसपाले समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहँदा कांग्रेस र राष्ट्रिय जनमोर्चासहितको पाँचदलीय गठबन्धन ब्युँताउने कसरत पनि चलिरहेको छ । राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपाले लिने र सरकारको नेतृत्व आलोपालो गर्ने गरी पुरानो गठबन्धन ब्युँताउने प्रयासमा नेताहरू लागेका हुन् ।

कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् । राष्ट्रपतिमा नेता नेपालको आकांक्षाका विषयमा माओवादी र जसपाले समेत शुक्रबार कांग्रेससँग वार्ता गर्दै छन् ।

उपराष्ट्रपति भने जसपालाई दिने मोटामोटी समझदारी रहेको नेताहरूले जनाएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपाल राष्ट्रपतिको दाबीबाट पछि हटिसकेका छैनन् । उनले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र बिहीबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै समर्थनको आग्रह गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनअघिसम्म रहेको कांग्रेस नेतृत्वको गठबन्धनलाई ब्युँताउन दलहरूले प्रयास गरिरहेका हुन् । उम्मेदवारी भागबन्डामा असन्तुष्ट बनेपछि जसपाले तत्कालीन पाँचदलीय गठबन्धन छाडेको थियो । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी उक्त गठबन्धनमा मिसिएको थियो ।

माओवादी भने गत पुस १० मा गठबन्धन छाडेर एमालेलगायत सात दलको समर्थन जुटाउँदै सरकारको नेतृत्वमा पुगेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा अडान नछाडेपछि माओवादी अध्यक्ष दाहालले नयाँ सत्ता समीकरण बनाएका थिए । राष्ट्रपति निर्वाचनका कारण नयाँ सत्ता समीकरण पनि भत्किने अवस्थामा पुगेको छ ।

कांग्रेस सभापति देउवालाई बुधबार भेटेका जसपा अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री दाहालसँग बिहीबार छुट्टै वार्ता गरेका थिए । वार्तामा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । जसपाले उपराष्ट्रपति पदमा दाबी गर्दै आएको छ ।

‘सरकारलाई गतिशील बनाउने कुरा अन्यत्र पनि जोडिएका छन्, अहिलेको सरकार त एमाले, माओवादीलगायत पार्टीहरूको सहकार्यमा बनेको हो,’ दाहालसँगको भेटपछि यादवले भने, ‘त्यसको विषय के हो त ? अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्‍यो । कि यता कि उता । त्यसका विषयमा पनि आउने दिनमा छलफल हुनेछ । प्रचण्डजीहरू जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक हुनुहुन्छ ।’

बिहीबार साँझै प्रधानमन्त्री दाहालसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । उक्त भेटमा माओवादी, एकीकृत समाजवादी र जसपाका अन्य केही नेता पनि सहभागी थिए । भेटमा सहभागी एक नेताका अनुसार राष्ट्रपति पदमा नेपाललाई नै प्रस्ताव गर्ने समझदारी बनेको छ ।

‘उपराष्ट्रपति जसपालाई दिने, सरकारको नेतृत्व माओवादी, कांग्रेस र एकीकृत समाजवादीले गर्ने, त्यसका लागि दुई–दुई र एक वर्ष हुन पनि सक्छ, तीन र एक–एक वर्ष हुन पनि सक्छ,’ ती नेताले भने । प्रधानमन्त्री दाहालले शुक्रबार एमाले अध्यक्ष ओलीसँग पनि भेट्ने तय भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच बिहीबारै बानेश्वरस्थित एक होटलमा भेटवार्ता भएको थियो । भेटमा पोखरेलले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पाँच दलबीच सहमति भएपछि राष्ट्रपति उम्मेदवार टुंगो लगाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*