राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली आजै प्रकाशन हुँदै

जनपत्र
१२ फाल्गुन २०७९, शुक्रबार ०८:१६

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन आज हुँदैछ ।

निर्वाचन आयोगले मतदाताहरुमाथि छानबिन गर्ने र आजै अन्तिम नामावाली प्रकाशन गर्न लागेको हो ।

आयोगले यसअघि नै फागुन १३ अर्थात शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता मिति तय गरेको छ ।

यसअनुसार भोलि सम्ममा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिसक्नु पर्ने छ ।

उता दलहरु भने को कस्लाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा निश्कर्षमा पुगिसकेका छैनन् ।

राष्ट्रपतिको निर्वाचन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*