च्याम्पियन्स लिग फुटबल : बराबरीमा रोकियो सिटी

जनपत्र
११ फाल्गुन २०७९, बिहीबार ०८:३३

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा सिटी जर्मन क्बल आरबी लाइपजिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सिटीले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खलको २७ औं मिनेटमा सिटीका लागि रियाद महरेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा आफ्नो अग्रता कायम गर्न सकेन ।

खेलको ७० औं मिनेटमा घरेलु टोली लाइपजिगका लागि जोस्को गाभार्डीलोले गोल गर्दै टिमलाई हारबाट जोगाए । लाइपजिग र सिटीबीचको दोस्रो लेग मार्च १५ मा सिटीको मैदानमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*