लोसपाका नेताहरुले आज कांग्रेस सभापति देउवासँग छलफल गर्दै
राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवार महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नेभएका छन् । हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका लोसपाका नेताहरुले हिजो नै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि बालकोटमा भेटगरी सो माग गरेका थिए ।
‘सहमतीय राष्ट्रपतिका लागि महन्थ ठाकुर उपयुक्त पात्र भएको सो दलका नेताहरुको भनाइ छ । सभापति देउवासँग आज बुधबार विहान ९ बजे धुम्बाराहीस्थित देउवा निवासमा भेट हुने लोसपाका नेता राजेन्द्र महतोले बताए ।







