पूर्वराजा ज्ञानेन्द्रमाथि ओलीको प्रहार, राजासँग माधवको पनि आशंका

जनपत्र
८ फाल्गुन २०७९, सोमबार ०८:०७

नेपालमा राजाले राष्ट्र प्रमुखको भूमिकामा २४० वर्ष शासन चलाए । प्रजातन्त्रका लागि निर्मम बन्नेदेखि गृहयुद्धको सामना गरेको राजसंस्था दलीय एकतासँगै शाह वंशीय राजतन्त्रको अन्तिम राजा बने ज्ञानेन्द्र शाह ।

उनले राजदरबारबाट बाहिरिदै गर्दा श्रीपेच, राजदण्ड लगायतका सामाग्री सरकारले सुरक्षा गर्ने गरि छाडेर निस्किए । तर, पछिल्लो समय उनी फेरि त्यहि राजगद्दी, राजदण्ड र श्रीपेच लगाउने सुरसार गर्दै दलीय प्रणालीमा भागबण्डा खोजिरहेका छन् ।

दरबारबाट बाहिरिएपछि प्रायः मठ मन्दिर जाने पूजापाठ गर्ने र वक्तव्यमार्फत आफ्ना कुरा राख्ने गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह गएको निर्वाचनपछि आक्रामक ढंगले प्रस्तुत हुन थालेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक गरेको उनको विज्ञप्ति आक्रोशले मात्रै भरिएको छैन, उनले भाग नै खाजेका छन् ।

प्रजातन्त्र कमजोर बनेकोदेखि दलीय प्रणालीका कारण देश अधोगतिमा लागेको भन्दै उनले मौन रहन नसक्ने चेतावनी नै दिएका छन् ।

यस्तो अवस्थाबाट मुक्ति दिलाउन भन्दै उनले दलसँग सहकार्यको प्रस्ताव नै राखेका छन् । सक्रिय राजनीतिमा आउने उद्घोष गरेका पूर्वराजा ज्ञानेन्द्रप्रति राजनीतिक दलका नेताहरुले व्याङ्ग्य र उपहास गर्न थालेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले पूर्वराजाको धङधङी भन्दै उपहास गरेका छन् । राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि विद्यमान राज्य ब्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्रीसमृद्धिमा कुनै गहन योगदान दिन नसकेको ज्ञानेन्द्रको विज्ञप्तिमा थियो ।

त्यसैको जवाफमा एमाल अध्यक्ष ओलीले २४० वर्षे शासन ब्यवस्थाको विकासमा प्रश्न उठाएका छन् ।

ज्ञानेन्द्रसँग के विषयमा सहकार्य गर्ने भन्दै ओलीले प्रश्न गरिरहँदा एमालेकै केन्द्रीय सदस्य दुर्गा प्रसाईँले ज्ञानेन्द्रलाई नै उद्घाटन गर्न लगाएर राजतन्त्र पुनःस्थापनाको अभियान थालेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारस लगायतलाई कार्यक्रममा सहभागि गराएर ब्यवस्थाविरोधी अभियान थालेपछि सत्ता गठबन्धनमा ओलीको भूमिकामाथि नै प्रश्न उठाइएको छ ।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रसाईँको गतिविधिमा ओलीको साथ रहेको आशंका ब्यक्त गरेका छन् ।

प्रदेश १ को एमाले प्रदेश कमिटीले प्रसाईँलाई कारबाही गर्न शुक्रबार केन्द्रलाई सिफारिस गरेको थियो । तर एमाले अध्यक्ष ओलीले भने पार्टीभित्रै भीम रावलसमेत रहेको भन्दै सामान्यीकरण गरिदिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रसँग साँठगाँठ गर्दै आएको भन्दै ओलीमाथि आरोप लाग्दै आएको छ । देशमा मण्डले प्रवृत्ति बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेप्रति आक्रोश व्यक्त गरेका छन् ।

ज्ञानेन्द्रको विज्ञप्तिपछि नेता नेपालले मण्डले प्रवृत्तिले टाउको उठाउन लागेको भन्दै एमालेले अघोषित रुपमा सहयोग गरेको आरोप समेत लगाएका छन् ।

राजतन्त्रको एजेण्डा बोक्ने राप्रपासँग चुनावी तालमेल गरेपछि राजावादीहरुसँगको साँठगाँठको आरोप लागेको एमालेलाई प्रसाईँको अभियानले मलजल गरेको छ ।

माक्र्सवादी सिद्धान्तलाई अंगालेको कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरु पार्टी नीति विपरित गतिविधि गर्दा नेतृत्वबाट नै रक्षा गर्न खोज्नुले सत्तारुढ दलहरुको आशंकालाई पुष्टि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*