लुम्बिनी प्रदेश: जसपाका मन्त्री भण्डारीलाल अहिरको शपथ आज

जनपत्र
८ फाल्गुन २०७९, सोमबार ०८:०५

लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता भण्डारीलाल अहिरले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रीको शपथ लिँदैछन्।

प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहान ११ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छन्। लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी भएको हो। यसअघि कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्नेगरी नयाँ जिम्मेवारी तोकिएको छ।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा बिस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन।

अब प्रदेशमा मुख्यमन्त्रीसहित दश मन्त्रालय र ११ मन्त्री भएका छन्। जसमध्ये नेकपा एमाले मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्र ३, जनमत, राप्रपा र जसपामा १र१ मन्त्री छन्।देशसञ्चारबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*