नेपाल र भारतको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी

जनपत्र
७ फाल्गुन २०७९, आईतवार ०७:१२

नेपाल र भारतको महिला राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको छ ।

यो बराबरीसहित दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नै बराबरीमा टुङ्गिएको छ । भारतको चेन्नईमा रहेको जवहारलाल नेहरु मैदानमा हिजो भएको दोस्रो खेलमा दुई टोलीबाट गोल हुन सकेन । यसअघि बुधवार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी भएको थियो ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि दुवै गोल सावित्रा भण्डारी सम्बाले गरेकी थिइन् । नेपाल र भारतले महिला ओलम्पिक छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*