एमालेको ‘मिसन ग्रास हुड’ अभियान आजदेखि
नेपाल कम्युनिष्ट पार्टी एमालले शुक्रबारदेखि मिसन ग्रास हुड अभियान सुरु गर्ने भएको छ ।
शुक्रबारबाट देशैभरी सुरु हुने अभियान २ महिना सम्म संचालन हुनेछ । यो पार्टी सुदृढका लागि अभियान थालिएको पूर्वमन्त्री एवम् पार्टी सचिव लेखराज भट्टले जानकारी दिए ।
अभियानमा विगतका कमि कमजोरीहरुका बारेमा पनि समिक्षा गरिने छ । तीनै तहको निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेहरुको पहिचानका लागि समेत यो अभियान महत्वपुर्ण हुने एमालेले बताएको छ ।
नागरिक उन्मुक्तीले बिश्वासको मत नदिदा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो ।
नागरिक उन्मुक्ती पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीको रिहाइका लागी सुरु भएको पहललाई उनले बुझ्न नसक्नु दुखद भएको समेत एमाले नेता भट्टको भनाई छ ।
अभियानको शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले देशैभर भर्चुअल उद्घाटन गर्ने छन् ।







