अध्यक्षमा हारेपछि लामिछानेले भने : तिम्रो निचतालाई धिक्कार

जनपत्र
५ फाल्गुन २०७९, शुक्रबार ०८:२६

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)को महाधिवेशनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले ‘फेरी भेटौला’ भनेका छन् ।

बिहिवार राति भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिक बडालसँग पराजित भएका थिए । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सीमित भए ।

पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार। हामी भेट्ने छौँ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*