ग्यास सिलिण्डर बिस्फोट हुँदा काँग्रेस नेता भण्डारी आमासहित गम्भीर घाइते

जनपत्र
४ फाल्गुन २०७९, बिहीबार ०८:१४

नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीको बुद्धनगर, काठमाडौंस्थित निवासमा ग्यास सिलिण्डर विस्फोष्ट हुँदा सांसद भण्डारी तथा आमा हरिकला भण्डारी गम्भिर घाइते भएका छन् ।

गुल्मी निर्वाचन क्षेत्र नं. १ का सङ्घीय सांसद भण्डारी तथा उनकी आमाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरुलाई अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरिँदैछ ।

बर्न अस्पतालका चिकित्सकहरुका अनुसार उनीहरु दुबै जनाको स्वास्थ्य स्थिति गम्भीर छ । चिकित्सकका अनुसार डा। भण्डारीको शरीरको करिब ३० प्रतिशत तथा उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।

डा.भण्डारीका सहयोगी भुवन भुसालका अनुसार सांसद भण्डारीको मुख, घाँटी र खुटामा जलेको छ भने ८८ वर्षीय आमा हरिकला भण्डारीको अवस्था गम्भीर छ ।

चिकित्सकका अनुसार डा।भण्डारीको फोक्सोमा धुवाँ पसेकोले अवस्था गम्भीर भएको हो ।

डा।भण्डारीको सचिवालयका अनुसार बुधबार राति १० बजे ग्यास सिलिण्डर पड्किएर घटना भएको थियो ।

बुधवार राति उनीहरु सुतिरहेको अवस्थामा एक्कासि ठूलो आवाजसहित ग्याँस विस्फोट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*