अन्तर्घात गर्नेमाथि छानविन गर्न समिति गठन

जनपत्र
२ फाल्गुन २०७९, मंगलवार ०६:४८

गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तरघात र असहयोग भएको भन्दै नेपाली कांग्रेसले छानविन समिति गठन गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गरेको हो ।

बैठकले निर्वाचन समीक्षा कार्यक्रमको प्रतिवेदन र स्थानीय पार्टी नेतृत्वहरुको रायअनुसार निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग र अन्तरघात गर्नेहरुमाथि अनुशासनको कारवाही अघाडि बढाउन छानविन समिति गठन गरेको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।

उनका अनुसार क्षेत्रीय उपसभापति एवम् प्रदेशसभा १ ९१० का सभापति अनिल श्रेष्ठको संयोजकत्वमा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा १ ९१० सचिव युवराज शंकर, प्रदेशसभा १ ९२० सचिव विजय घिमिरे, धरान नगर सचिव जितेन्द्र राई, बराहक्षेत्र नगर सचिव हरिकृष्ण भट्टराई, रामधुनी नगर सहसचिव सरल कटवाल सदस्य र क्षेत्रीय सहसचिव सुमित राई सदस्य सचिव रहेको छानविन समिति गठन गरिएको छ ।

बैठकमा प्रदेश १ का सांसद एवम् महासमिति सदस्य ममता तामाङ, सुनसरी जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १ ९२० सभापति मुरारी भट्टराई, जिल्ला सदस्यहरु प्रदिप बस्नेत, अनुपमा सुनुवार लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*