बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त
काठमाडौं । बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठले पुष्टी गरे ।
‘बेल्जियमका जान डी ब्रान्ट ६ महिनाको लागि नेपालको प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ’, श्रेष्ठले अनलाइनखबरसँग भने, ‘उनले नेपालको महिला र पुरुष दुवै टिम हुनेछन् ।’
६ महिनाका लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् । जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नेछन् ।






