ला लिगामा रायो भालकानोको सहज जित

जनपत्र
२४ माघ २०७९, मंगलवार ०७:१३

स्पेनिस ला लिगा फुटबलबमा रायो भालकानो विजयी भएको छ । गयराति भएको खेलमा रायो भालकानोले अल्मेरियामाथि २–० को जित निकाल्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु मैदानमा रायो भाल्कानोले उपहार गोलमार्फत अग्रता लिएको थियो ।

५४ औं मिनेटमा रोड्रिगोले आफ्नै पोस्टमा गोल गरेका थिए । ६३ औं मिनेटमा एल्भारो ग्रासियाले गोल गरेपछि अग्रता दोब्बर भएको थियो ।

जितसँगै रायो भाल्कानो ३२ अंकका साथ तालिकाको ५ औं स्थानमा उक्लिएको छ भने अल्मेरिया २२ अंकका साथ तालिकाको १४ औं स्थानमा रहेको छ ।

ला लिगामा बर्सिलोना ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने रियल मड्रिड ४५ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*