हेटौंडाको संजीवनी सहकारीको बिचार बिमर्ष कार्यक्रम

जनपत्र
९ श्रावण २०७६, बिहीबार १८:०७

हेटौंडा । हेटौंडा ५ पीप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औ स्थापना दिवसको उपलक्षमा बिचार बिमर्ष आदान प्रदान तथा सम्मान पुरस्कार बितरण कार्यक्रम आज गरेको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहकारीले ऋण लगानीको काम संगै सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्ने बताउनुभयो ।

सहकारीले उत्पादनको क्षेत्रमा लगानी गरेर काम गर्न उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंसाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सहकारी संस्थाका अध्यक्ष रण बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा बालबालिकाको संरक्षण गर्दै आइरहेको मामाघर नेपाललाई हिजो खाद्यान्न वितरण गरिेएको छ । हेटौंडा ४ मा रहेको मामाघर नेपालको परिसरमा पुगेर सञ्चालक अर्पण पराजुलीलाई खाद्यान्न वितरण गरेको वितरण कार्यक्रमका संयोजक यम बहादुर श्रेष्ठले बताए । बिभीन्न प्रतियोगितामा विजेतालाई आज ९ गते मनाइने सहकारीको स्थापना दिवसको मुल कार्यक्रममा पुरस्कृत गरिने सहकारीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*